३ बैशाख २०७८, शुक्रबार

ताजा खबर

विद्यार्थीहरुबीच झडप हुँदा दुई विद्यार्थी नेता घाइते

   १८ चैत्र १८:५४ प्रकाशित

काठमाडौं – नेपाल कमर्स क्याम्पस (एनसिसि) मा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुबीच झडप भएको छ । गत साेमबार भएकाे झडपमा दुई विद्यार्थी नेता घाइते भएका छन् । घाइते हुनेमा विद्यार्थी नेताहरु बिष्णु हरि खड्का र रबिन्द्र रोकाय रहेका छन् । नेविसंघ एनसिसि इतर पक्षका विद्यार्थीले आफूहरुमाथि आक्रमण गरेको घाइते भएका विद्यार्थी नेता खड्काले जानकारी दिएका छन् ।

विद्यार्थीहरुको छात्रवृत्तिका सम्बन्धमा प्रशासनमा छलफल गर्दै गर्दा उनीहरुमाथि आक्रमण भएको हो । विद्यार्थी नेतामाथि आक्रमण गर्नेहरु क्याम्पस परिसरभित्र हतियारसहित प्रवेश गरेको पीडित पक्षकाे आराेप छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त कलेजमा हतियारसहित विद्यार्थीहरु प्रवेश गर्नु र विद्यार्थी नेतामाथि कुटपिट हुनुले विश्वविद्यालय, कलेज प्रशासन र विद्यार्थी राजनीतिको स्तर प्रतिबिम्बित भएको विद्यार्थी नेताहरुले बताएका छन् ।