२३ चैत्र २०७७, सोमबार

ताजा खबर

हाँस्य टेली-फिल्म “माऊसुली” को पाँचौ भागबाट कथा वस्तुले फरक मोड लिने

   ३० मंसिर ०९:१५ प्रकाशित

काठमाडौ । गाँऊ घरमा रहेका बिबिध सामाजिक समस्याहरुको बिरुद्धमा खबरदारीका साथमा हाँस्य-ब्याङ्ग्यमा आधारित टेलि-फिल्म “माऊसुली” ले पाचौ भागबाट कथा वस्तुमा नयाँ मोड लिने भएको छ । बिगतका भागहरुमा समेत गाँऊ घरमा रहेका बिबिध सामाजिक समस्याहरु साथै देश, राजनितिमा भएका भ्रष्टाचार, बेथिति, अत्याचार, सोसण, दमन उपर ससक्त कथा, वस्तुका साथ दर्शकहरु माझ जि.जे.के.युट्यब च्यानल मार्फत प्रसारित थियो ।

बिगतका भागहरुमा भन्दा उत्कृष्ट कथा वस्तुका साथ आउदो भागहरुमा टेलि फिल्म माउसुली दर्शकहरु माझ आउने साथै टेलिभिजन मार्फत समेत प्रसारणको प्रोसेसमा रहेको भनी स्कृप्ट राईटर तथा निर्देशकदद्वय जय लामा”चिकन चिल्ली” र कृष्ण भीर “माऊसुली”(जयकृष्ण)जोडिले जनाएका छन् राईटर, निर्देशक, कलाकार कृष्ण भीर”माऊसुली”को स्वास्थ्यमा समस्या आई उपचार प्रकृयामा रहेको कारण पाचौं भाग रोकिएको र अब केही दिनमै ल्याउने अन्तिम तयारीमा समेय रहेको कुरा थपेका छन् ।

हाँस्य टेलि फिल्म “माऊसुली” मा जयकृष्ण जोडिको लेखन, निर्देशन राजु श्रेष्ठको क्यामेरा, विशाल राईको सम्पादन जय लामा”चिकन चिल्ली”, कृष्ण भीर”माऊसुली” ,राजा माबो”हसीना”, पवन थिङ्ग”रितिक”, शन्ध्या तामाङ्ग”प्रमीला”, सुसान्त चन्द”मुरली”, सुवास तामाङ्ग”मोटु”, राजकुमार राय”काले”, अभिमानसिं राउत, दिपेश चापागाई, देवी लावती लगायत दर्जनौ नयाँ पुरानो कलाकारहरुको अभिनय रहेको र रहने छ ।