२३ चैत्र २०७७, सोमबार

ताजा खबर

शासक पीडित (हास्य व्यङ्ग्य कविता)

   २६ मंसिर ११:१६ प्रकाशित

✍️ अर्जुन कट्वाल, ताप्लेजुङ्ग

लौ सुन्नुहोस हजुर एउटा मार्मिक कथा
शासक पीडितको मनको अथाह ब्यथा ।
जहाँ रोडमा गुडछ जहाज पानीमा रेल
नासाले पनि शिर झुकाउने नेताको खेल ।
अपराधनै धर्म भयो, नेताहरुको साथ छ
नेपाल खोक्रो हुनुमा शासककै हात छ ।
देवीजी को कलकलाउदो जवानी देखेर
उतै ढल्किनु हुन्छ सरकारज्यु मरी-मेटेर ।
खाउबादी माओवादी हिस्स छन राजा
तर पनि घरीघरी बजाउदै गर्छन बाजा ।
जनता छन भोकमा, नेता छन मस्तीमा
लौ पर्मे….श्वर आगो लागोस नेताको बस्तीमा ।
देवी जी साडीमा, नेता ज्यु गाडीमा
गरीब छ राडीमा,लैला-मज्नु झाडिमा ।
कसले अनुमती दिन्छ के तेजाव छ्याप्न?
मैले अनुमती दिए-तिमीहरुको …च्याप्न
जुन राजा छ बिदेशमा उसैलाई ल्याउनु रे
सत्ताको जूकालाई कुर्शीमा पो बसाउनु रे ।
हरे देशको हालत यो छ, कसरी होस उन्नती?
बुडो रामे हड्डी घोट्छ, शेरेसँग हुन्छे बसन्ती ।
अस्सी काटेको बाजेले तरुणी ताक्ने गर्छन
जान्दिन बाजेहरु खोइ कहिले थाक्ने गर्छन !
नेताज्युलाई छोराले सोध्यो-के गर्नुहुदैछ ‘ड्याडी’?
भने- जनता हसाउदैछु, गरेर हरदिन कमेडी ।
सलाम छ नेपाल देश, सलाम छ नेपाली
हिम्मत चाहिँ नगरौं ,कमेन्ट गरौं खाली ।
सबै एक भएर नबोलेरै हो है हेपेका !
नत्र जनता रोएको नेताले खोइ देखेका?
अपराधी खुल्ला छ ,निर्दोष मर्नुपर्ने !
हन..घैँटोमा घाम लाउन के गर्नुपर्ने
अत्ति भो नेताज्यु ,अब नलाउनुस धेरै फुँइ
थाहा छ- जति उफृएपनी भागुत्तो त भुँइको भुइँ !