२३ चैत्र २०७७, सोमबार

ताजा खबर

“फोर_सेभेन गाइज” युवा संगठनको नेतृत्वमा मृत श्याम बराइलीको परिवारलाई गरे खाद्यान्न तथा नगद आर्थिक सहयोग

   २६ मंसिर १८:१७ प्रकाशित

झापा । पछिल्लो समयमा बुद्वशान्ती गाउँपालिकालाई कार्यक्षेत्र बनाएर यस ठाउँको गरिब, पीडित, समस्यामा परेका हरुको निम्ति एक आशाको दियो बनेर काम गर्दै आएको “4_7 Guys” युवा संगठनले लामो समय देखी लिभर ज्यान्डिसबाट पिडित श्याम बराईलीलाई उपचार गर्न थप आर्थिक सहयोग उपलब्ध गराउन “श्याम बचाउ अभियान कोष” खडा गरेर आर्थिक संकलन अभियान सुरु गरेको १ दिन पछि श्याम बराईलीको ४० बर्षको उमेरमा निधन हुन पुग्यो ।

उपचार गर्न धरान घोपा अस्पताल लैजाने निर्णय हुँदै गर्दा बिमारीको निधन भएको कुराले आफु अत्यन्तै दुखी बनेको, पैसाको अभावमा एक गरिबको असामयिक निधनले आफुलाई गहिरो चोट पुगेको 4_7 Guys युवा संगठनका अध्यक्ष पुरण राई बताउनु हुन्छ ।

हामीलाई यो अभियानमा स्थानीय सरकार देखि देश विदेशमा रहनु हुने सम्पुर्णले सहयोग गर्ने प्रतिबद्धता गरेता पनि एक गरिबलाई बचाउने हाम्रो लक्ष्यले बीचैमा विश्राम लियो । हामीले चहादा चहादै पनि बचाउन सकिएन? बढो खेद लाग्यो 4_7 Guys युवा संगठनको सचिव विवेक राई भन्नू हुन्छ ।

अहिलेसम्म स्थानीय सरकारले प्रदान गरेको रकम १५ हजारमात्र उठाएको थियौ । बाँकी रकमहरु मौखिक प्रतिबद्धता मात्रै थियो । हामीले आर्थिक संकलन गर्न सुरु गरेको थियौ, हृदयविदारक हुने खबरले हाम्रो संगठनले तयार गरेको गन्तव्य नै टुङ्गियो ।

त्यही उठेको रकमले मृत श्यामको किरिया खर्चमा प्रयोग गर्न सहयोग पुगोस भनेर खाद्यन्न सामाग्री र नगद रकम मृत श्याम बराईलीको परिवारलाई अध्यक्ष पुरण राई, कोषाध्यक्ष मनिस थापा मगर, सदस्य दिनेश फागो, दुर्गा घिमिरे, दिनेश ईधिङ्गो बाट सामुहिक हस्तान्तरण गरिएको भन्दै 4_7 Guys युवा संगठनको कोषाध्यक्ष मनिस थापा मगर स्वर्गीय श्याम बराईलीको आत्माले स्वर्गको यात्रा तयार गरोस, हार्दिक समवेदना अर्पण गर्दै जानकारी गराउनु हुन्छ ।

मृत श्याम बराईली एकदम सोझो, रमाइलो व्यक्तित्वको धनी थिए, मृत श्याम बराईली र उहाँको श्रीमतिको मिलेको जोडी देखेर गाउँको मान्छेहरुले खुब डाहा गर्थे । समाजका मान्छेहरुले खुलेर प्रसंसा गर्थे कि जोडी त श्यामको जस्तै हुनुपर्छ “हार्दिक श्रद्धाञ्जली” नाम नछाप्ने सर्तमा सोही ठाउँका एक स्थानीय बासिन्दा बताउनु हुन्छ ।

मृत श्याम बराइली