२४ चैत्र २०७७, मंगलवार

ताजा खबर

गायिका निरुको “बिर्सनेले बिर्सि गए” गीतको म्युजिक भिडियो बजारमा

   १० मंसिर ०९:५० प्रकाशित

✍️ राजा माबो

काठमाडौ । गायिका निर्मला चौहान “निरु” को “बिर्सनेले बिर्सि गए” गीतको म्युजिक भिडियो हालै बजारमा सार्बजनिक भएको छ । केही दिन अघि “संगीत हाम्रो आवाज” नामक संगीतिक अनलाईन ग्रुपले साहित्यकार, गायक, संगीतकार तथा बाध्यबादक निमा शेर्पाको प्रमुख आतिथ्यमा गायीका निरुको उक्त गीतको म्युजिक भिडियोलाई बिधिपुर्वक बिमोचन गरेको थियो ।

गीतमा नितेश लामा “भोटे” को शब्द, कृष्ण तामाङ्गको संगीत, गायीका निर्मला चौहान “निरु” को स्वर, सबिन लिम्बुको एरेन्ज, आकाश लामा को रेकर्डिङ्ग तथा मुस्कान मुकारुङ्गको मिक्स/मास्टरिङ्ग रहेको छ ।

भिडियोमा गंगा राम राईको क्यामेरा, किम सोउन्जुको ड्रोन, श्री शक्ती बराईलीको कोरियोग्राफ, सम्पादन तथा निर्देशन रहेको छ भने गाऊले ईन्टरटेनमेन्टको पोस्ट प्रोडक्सनमा यस गीत भिडियो निर्माण भएको छ ।