२४ चैत्र २०७७, मंगलवार

ताजा खबर

शीर्षक: जति गर्यो उति मजा (विधा: कविता)

   ६ मंसिर २०:१९ प्रकाशित

✍️ डा. चित्र माबो

चुसेर कहिले ननिख्रीने
लुटेर पनि नसकिने
रस नै रसले भरिएकोछ
सुनै सुनले सिगारिएकोछ
हिराले सजाएकोछ
मोतिले मोडिएकोछ
हे! असत्ती,
कति गर्छौ गर
जति गर्यो उति मजा
असत्तिको सोच नै फटा

अहो!
मेरो देश त कति भाग्यमानी ?
मेरो महाराज कति स्वभिमानी ?
अतिवाद र बिस्तारवादको
समृद्धि र स्वधिनताको
मन्त्र
अनि तन्त्र
सुमधुर गीत र संगीतको
लयबद्ध भाका मिलेको
जिन्दावाद! जिन्दावाद!
सधै सुन्न पाउने
मेरो कान कति सौभाग्यसाली
मेरो देश जिन्दावाद!
मेरो महाराज जिन्दावाद !
मेरो मुखले फुराउन पाउने
निचिक्क नाक नेप्चाएर
किचिक्क दाँत देखाउन पाउने
मेरो ओठ कति भग्यमानी ?

साँचिकै,
मेरो देश त सौभाग्यसाली
चन्द्रमा पुग्ने गफ हाँकी
टटिखानाको यात्रा गर्ने
उत्तम महापुरुष पाएको छ
सुनको महंगो कचौरो बोकि
छिमेकिको बलेसी धाउने
भग्यमानी भिखारी पाएको छ
तोलामा नापेर
मानोमा भरेर
कैंचिले काटेर
बाँडी चुँडी खाएर पनि
अघाउन नै नसकिने
खंचुवा पालेहरुको बगाल छ
मेरो देशले
जति गरे पनि उति मजा मान्ने
लबस्तरो पोइ पाएको छ।
त्यसैलेत सगरमाथाको गरिमा
एक इच बढेको छ

आहा!
मेरो नरे कति बाठो छ
कहिले अल्लो घर हुन्छ
कहिले पल्लो घर सर्छ
सरी सरी मोज पनि गर्छ
अघाएर जुका झै
कहिले काहीँ डल्लोपरेर झर्छ
हे नरे !
कति गर्छौ गर
जति गर्यो उति मजा
असत्तिको सोच नै फटा