२३ चैत्र २०७७, सोमबार

ताजा खबर

सहयोगी मनहरुबाट “स्नेहा आश्रम” लाई आर्थिक सहयोग प्राप्त

   ३० कार्तिक ०९:३० प्रकाशित

✍️ राजा माबो

काठमाडौ । २०७२ सालको भुकम्प पछि कलाकार सुलेमान संकर “ईकु” को अगुवाईमा स्थापना भएको “स्नेहा आश्रम” लाई सहयोगी हात मनहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । उक्त आश्रममा २०७२ सालको भुकम्पले आफन्त गुमाएका १४ जना बालबालीकाहरु रहेका छन् ।

बिगत देखि नै समाजसेवामा सकृय रहदै आएका घर उदयपुर भई हाल साउदी प्रवासमा रहेका समाजसेवी सन्देश राई लगायत गायीका “निरु” निर्मला चौहान, मोडल तथा गायीका नुमा राई र ब्यावसायी तथा समाजसेवी बुद्धीराम प्रजापति लगायत मिलेर आश्रमलाई रु ५,४००।- आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

सामान्य भेटघाटमा उक्त आर्थिक रकम सो आश्रमको संचालकलाई प्रदान गरिएको थियो । समाजसेवी, सहयोगी हातहरु, मनहरु प्रति आश्रमका संचालक “ईकु” ले सम्पुर्ण सहयोगी हृदयहरुलाई उच्च सम्मान गर्दै धन्यवाद दिनुभयो ।

गायक सन्देश राई