३० कार्तिक २०७७, आईतवार

ताजा खबर

सहयोगी मनहरुबाट "स्नेहा आश्रम" लाई आर्थिक सहयोग प्राप्त-चर्चित हाँस्यकलाकार मनोज गजुरेल घर फर्किए-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक

चर्चित हाँस्यकलाकार मनोज गजुरेल घर फर्किए

   ३० कार्तिक ०९:२० प्रकाशित

✍️ राजा माबो

काठमाडौ । चर्चित हाँस्यकलाकार मनोज गजुरेल ११ दिनको अस्पताल बसाई पछि कोरोना जितेर घर फर्किएका छन् । दुई साता अघि पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आए पछि होम आईसोलेसनमा रहदै गर्दा खोकि नरोकिएका कारण बलम्बु स्थित ससस्त्र प्रहरी अस्पतालमा गजुरेललाई भर्ना गरिएको थियो । उक्त अस्पतालमा ११ दिनको उपचार पछि पु:न पिसिआर परिक्षण गर्दा कोरोना रिपोेर्टमा नेगेटिभ आएपछि गजुरेल डिस्चार्ज भई घर फर्किएका हुन् ।

आफू ११ दिनको अस्पताल बसाई पछि घर फर्किएको, कोरोना रिपोर्ट नेगेटिभ आएको, अब चाडै स्वस्थ्य बन्ने र उपचारमा संलग्न स्वास्थ्यकर्मी, अस्पताल साथै सम्पुर्ण शुभचिन्तकहरुमा धन्यबाद तथा आभार ब्यक्त गर्दै यो महामारीबाट सबै जना बच्न, जोगिन समेत अनुरोध गरेर आईतबार बिहान गजुरेलले आफ्नो फेसबुक मार्फत स्टाटस लेखेका छन् ।