२४ चैत्र २०७७, मंगलवार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको “चार:आनि पालाम” भाषिक गीत सार्बजनिक

   २६ कार्तिक १८:३९ प्रकाशित

✍️ माबो लिम्बू एराज

झापा । मोडल तथा गितकार आर.बि योङहाङको रचनामा साँस्कृतिक तथा भाषिक गीत सार्बजनिक भएको छ । मोडल तथा गीतकार योङहाङको रचेको शब्दहरुको शब्द संयोजन भने मुन्धुम विज्ञ हर्क बहादुर योङहाङले गरि दिनु भएको हो ।

यो भाषिक गीतमा चर्चित गायक रुकमान लिम्बू र फक्ताङलुङ आइडल तृसला नेम्बाङ्गको स्वर रहेको छ । लिम्बू समुदायमा आधारित यो गीतको म्युजिक भिडियोभने चाँडै बजारमा ल्याउने गीतकार योङहाङले अवगत गराउनु भयो ।

यो गीतबाट साँस्कृतिक तथा मौलिक हिसाबले लिम्बू समुदायको मात्र नभएर आम नेपालीहरुको लागि मनोरञ्जन लिने एक कोसेली हुने कुरामा गीतकार योङहाङ बिश्वास्त रहेको जानकारी दिनु हुन्छ ।