२४ चैत्र २०७७, मंगलवार

ताजा खबर

शेर्मा जि को मन छुने गजल

   २३ कार्तिक १६:३८ प्रकाशित

गजल

बनी आउँछ्यौ प्रिया मनमा तिमी
बस्या छ्यौ दिल धड्कनमा तिमी

रत भुल्न सकिन मैले आज सम्म
रहेर मनको मित गुञ्जनमा तिमी

उठ्दा बिहानीमा झुल्के घाम संगै
घुमि आउँछ्यौ यी नयनमा तिमी

चन्द्र मुहार रुपमा ज्योती बलेको
देख्छु हिमालझैँ कञ्चनमा तिमी

सार्वजनिक गरौं कि?माया हाम्रो
देखाएर गाउँ घर आंगनमा तिमी

मोहन सेर्मा
माङ्जाबुङ पाँचथर
हाल : मलेशिया ।