२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

शीर्षक: औसी हाट (विधा: कविता)

   २२ कार्तिक २१:२६ प्रकाशित

✍️ राजा माबो

ए हाकिमे कान्छी!

सधै जस्तै औसी हाटमा
म सुँगुर पाटा बेच्न ढाकर भरी
बुधुने,लामकाने बुचाबुचीहरु बोकेर
यसो उधो जर्दा खेरी
तिमी पनि चेप्टे,डल्ले,लाम्चे मोर्चाहरु
थुन्चे भरि बोकेर उकाली उसै चढी आउनु

यस पाली हाऊ! औसी हाट बजारमा
कसो हजुरको पछ्यौरीको एक कुनामा
मेरो मुटुको एक टुक्रा कस्ने आट छ
झुसी-झुसी माया सरी……..।

पोरै साल घरबार जोडौ भनी बिन्ती बिसौदा
जो यो साल आउदै छ भनी
बार बार चोर औला यहि साललाई ताकिथ्यौ
कठ्ठै तेसै टरेर गयो पोहोर साल पनि।

अनि सालै भरि बिना तिम्रो साथ एक्लीएर
दाउरा घाँस जादा,मेला पात भर्दा……..
मुरली हिर्काए,बासुरी फुके,पकन्दी हाले
तिम्रै मायाको हावा हुन्डरीसंगै बिरहमा।

यो साल त, हाकीमे कान्छी!
धर छैन पोहोरको साल झै अर्को सालको
कसम धरोधर्म सत्ये!!!

यो साल त,
तिम्रो हातैमा मेरो हात हतकडी
मायाको तगारो,पालामको जन्जिर
कसरी जाउली???

तिमीले तर्ने फड्केमा बुक्की फुल तेर्साउछु
तिमीले तर्ने नाउमा तिमीलेनै चिनो दिएको
बर्षौ माया र आँसु बोकेको रुमाल झुन्डाउछु।
चुली-चुली मायानै सरि….
कसरी नागी जाउली!?
कसरी तरी जाउली!?
मेरो माया भुलेर,मेरो मुटु टेकेर।

पछ्यौरीमा झुन्डीन्छु
कपाल र सलमा घाँटी बेरिन्छु
पहरा र अंकरबाट तिम्रै अघि
हाम फाल्ने साहस गर्छु।
तमोरको घमाउरो दहमा डुब्ने आट गर्छु।।

ए, हाकीमे कान्छी……
सधै जस्तै औसी हाट बजारमा!
पोरोर झै कसरी मलाई
एक्लै छाडेर जान्छौ यो साल पनि
हेर्छु म पनि।।।