२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

“बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै”

   २१ कार्तिक १५:४१ प्रकाशित

झापा । बुद्धशान्ति गाउँपालिका वार्ड नं ७ पर्यटकहरुको निमित्त महत्वपुर्ण गन्तव्य बन्दै गरेको वडा हो । यहाँ धार्मिक स्थलहरु धेरै रहेको, झापा जिल्लाकै उच्च स्थानमा मानव बसोबास गरेको स्थल तामाकोट, जरेवर र झापा, मोरङ, सुनसरी, भारत देशको भूभाग र समुन्द्री सतहको अवलोकन गर्न मिल्ने धारागोला भ्यूटावर यसै वडामा पर्छ ।

हिजोआज पर्यटकहरुलाई मध्यनजर गर्दै यसै वडामा व्यक्तिगत रुपमा रिसोर्ट, रेस्टुरेन्ट, होटल, फुटपाथ पसल खोलेर यस क्षेत्रका स्थानीयहरु स्वरोजगारी बन्ने क्रम जारी छ । यसै कार्यलाई मध्यनजर गर्दै बुद्वशान्ति ४ निवासी युवा समाजसेवी सुनिल ढुंगानाले नविन सोचको साथमा नेपालको निम्ति सबैभन्दा आग्लो, बुद्वशान्ति गापा वार्ड नं. ७ को वडा कार्यलयको भवन सँगै जोडिएको जमिनमा साहसिक “स्वीङ्ग खेल” संचालनमा ल्याउन विश्वस्तरीय मापदण्डलाई आधारित गरेर, बिशेषज्ञ इन्जिनियरको प्रत्यक्ष निगरानीमा धामाधाम निर्माण कार्य भैरहेको लगानीकर्ता सुनिल ढुङ्गाना बताउनु हुन्छ ।

अहिले सम्म सर्वे र लेवाउटको काम सम्पन्न भयो । अब दुई/तीन दिन भित्रमा सबै सेफ्टीको मध्यनगर गर्दै निर्माण कार्य सुरु गरिनेछ । यहि मंसिर अन्तिम साता देखि संचालन गर्ने गरि निर्माण हुदै गरेको यस योजना सम्पन्न गर्दा १ करोड माथि लगानी हुनेछ ।

मैले व्यक्तिगत रुपमा यति लगानी गर्दा यस क्षेत्रका २० प्रतिशत बेरोजगार समस्या समाधान हुन्छभने, मेरो गुजारा चलाउन बैदेशिक रोजगारमा जानु पर्दैनभने किन लगानी नगर्ने भनेर यस कार्यमा हात हालेको लगानीकर्ता सुनिल ढुङ्गाना सुनाउनु हुन्छ ।

“स्वीङ खेल” अहिलेसम्म पुर्वी नेपालमा कतै छ भनेर सुनेको छैन । नेपालमा कुस्मा स्वीङ छभनेको कतै कतै सुनेको थिएँ ।यो विदेश तिर चै छ, युटयूबमा मात्रै हेरेको अब आफ्नै वडामा देख्न, हेर्न र खेल्न पाईयो भन्दै खुशिको हाँसो हाँस्दै सर्वे कामलाई नजिकबाटै नियालि रहेको यसै क्षेत्रको एक स्थानीय बासीन्दा बताउनु हुन्छ ।

स्वीङ खेलको साथमा ट्रेकिङ्ग, घोडा सवारी, टिमाई खोलामा प्राकृतिक रुपमा स्वीमिङ खेल्न मिल्ने, हरेक खाने कुराहरु अर्गानिक रहने गरि एक प्याकेज बनाएर स्वदेशी तथा विदेशी पर्यटकहरुलाई भित्राउने योजना रहेको अहिलेसम्म स्थानीय सरकारबाट यस काम गर्नुमा निकै साथ सहयोग समर्थन मिलि रहेको भन्ने कुरा लगानीकर्ता युवा समाजसेवी सुनिल ढुङ्गाना झापा बुलेटिनको सम्पादक सुमन लेप्चालाई अवगत गराउनु हुन्छ ।