२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै

   २१ कार्तिक १३:५७ प्रकाशित

✍️ राजा माबो

काठमाडौ । नेपालका चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ । एक साता अघि पिसिआर टेस्ट गराउदा गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।रिपोर्ट आए पछि होम आईसुलेसनमा रहेका गजुरेललाई सबै लक्षणहरु सामान्य बन्दै आएको तर खोकि नरोकिएका कारणले चिनजानकै एक डाक्टरको सम्पर्कमा गत बुधबार ससस्त्र प्रहरी अस्पताल हलचौक स्वयम्भुमा गई चेक गराउदा गजुरेललाई निमोनिया देखिएकोले सोही अस्पतालमा राखिएको हो ।

कलाकार गजुरेलको स्वास्थ्य अवस्था सामान्य र सुधार हुँदै गरेको साथै घर परिवारसंग समय-समयमा मोबाईल सम्पर्कमा कुराकानी भई रहेको, बाहिर विभिन्न मिडियाहरुमा आएको समाचारहरुमा जस्तो स्वास्थ्य अवस्था गम्भीर नरहेको साथै हाल आईसियु तथा भेन्टिलेटर कुनैको प्रयोग नगरिएको निजको दाई केशव गजुरेलले बताउदै, सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेसण गररिदिन हुन सबैलाई अनुरोध समेत गरेका छन् ।