२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह

   २० कार्तिक १४:०० प्रकाशित

✍️ लिम्बू माबो एराज

ताप्लेजुङको उत्तरी भेगको सिरिजङगा गाउँपालिका वार्ड नम्बर ६ मामांखेमा अहिलेको बढ्दो कोरोना माहामारी र विभिन्न रोगहरूको कारण स्वास्थ सेवाबाट बन्चित साधारण जनताको स्वास्थ उपचार खर्च लक्षित “मामांखे सहायता कोष” को स्थापना भएको छ ।

स्थानिय स्वास्थ जिवनशैलीलाई लक्ष्यित गरि स्थापना गरिएको यस संस्थामा भने मामांखे पौवा निवासी हाल अमेरिका मेरिल्याण्डबाट घनेन्द्र लिम्बू, मामांखे खरबारी निवासी हाल हङकङबाट मन्जुकला लिम्बू, श्री लक्ष्मी मा.बि को पुर्व शिक्षक मामाँखे ५ निवासी दुर्गा लिम्बु हाल साउदिबाट एकमुष्ट प्राप्त रकम रू एक लाख पचहत्तर हजार रुपैयाको स्वास्थ सन्चय कोष खडा गरिएको संस्थाका अध्यक्ष सोम लिम्बुले बताउनु भयो ।

यति रकमले मात्र नपुग्ने र सम्पुर्ण देश बिदेशमा रहनु हुन मामांखेबासी दिदी, दाजुभाईहरुलाई यो महत्त्वपूर्ण कार्यमा सहयोग गर्न अध्यक्ष लिम्बुले आग्रह गर्नु भएको छ ।
बिभिन्न पेशा, प्रविधिक र शैक्षिक क्षेत्रमा मात्र नभएर अब देश-बिदेशमा रहने युवाहरूले स्वास्थ सेवामा पनि लगानी गर्न पर्छ भनेर घनेन्द्र लिम्बुले अनुरोध गर्नु भयो ।

मामांखे स्वास्थ सहायता कोष नामाकरण गर्ने भनिएता पनि नेपालको ऎनअनुसार सो दर्ता प्रक्रिया नमिले पछि यहि बर्ष “मामांखे सहायता कोष” को नाममा जिल्ला प्रशासन कार्यलय ताप्लेजुङमा दर्ता गराईएको यस संस्थाको सल्लाहकार समितीको संयोजक लक्ष्मी माबोले बताए ।