२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

पोमु जीको ७ कविता

   १६ कार्तिक १३:३९ प्रकाशित

✍️ पराजीत पोमु (हाल :- द. कोरिया)

(१)समय-यात्रा (कबिता)

समय यात्रा गर्दो रहेछ,

देखेको थिए-
“घन्टाघरको भित्तामा झुन्डयाईएको ठुलो घन्टे घडी
घरको भित्तामा टाँसिएको भित्ते घडी
हातको नाडीमा बाँधिएको सस्तो, महडं्गोवाला जुनै घडी
घडी भित्र बन्द भएका काटाहरू मात्र हिड्छन्
समयको संकेत गर्छ “- सोच्थे

समयको यात्रामा-
स स


आऊदो रहेछ कहिले प्राकृतिक प्रकोप बनेर
आऊदो रहेछ कहिले रोग विपत्ति महामारी बोकेर
आऊदो रहेछ कहिले युद्द कोत भिरेर

ठिक यति बेला-समय यात्रा
सारा ब्रमान्ड खन्ड खन्ड डब्बामा कोचिएको छ
ठुलो भोटे काल्चा कसेर-
रोग,
भोक,
शोक,
सन्त्रास,
सन्नाटा,
भय,
मृत्य बोकेर
बाडं्गोप सागरको नजिकैबाट
समय यात्रा गरि रहेको छ

यदि,
विज्ञान वरदान सावित हुन्छ भने-
विज्ञान आविश्कार हो भने-
मानिस र ब्रमान्डको आस्तित्व बचाऊने छ
नत्र, हामी बाँचिरहेको क्षण
पलपल-
दिन –
रात –
अन्तिम उत्सव हुनेछ
समय यात्रामा छ

त्यसैले
भत्काऊनु छ खन्ड-खन्ड भएर लागेका डब्बाको भोटे ताल्चा
हटाऊनु छ हरेको अनुहारबाट मास्क
लड्नु छ एक टुक्रा भोकको युद्ध
हिड्नु छ समयको यात्रासंग
जोगाऊनु छ मानव जीवनको अस्तित्वको क्षेत्रफल
कायम राख्नु छ ब्रमान्डको गति
अब,सुदुर पूर्वी बस्ति फर्केर
रोप्नुछ सिस्नुको वेर्नाहरू
उभ्याउनु छ नयाँ विन्दुनेर ब्रमान्ड
समयले यात्रा गरि रहेछ

समय यात्रामा छ
समय पनि यात्रा गर्दो रहेछ ।
**********************

(२)फूल बेची रहेकी केटी (कविता

बगैँचाभरि फूलहरू फुलेको छ
विहान विहान सानी केटी फूल टिप्न आउछे
मन्दिरमा आऊने यात्रीलाई फूल बेच्छे,

सानी केटी
बाटो छेऊमा फूल बेची रहेकी छे
तिनको कोमल हातले फूल टिपेको सुन्दर लाग्छ मलाई
तिनको सुन्दर हात फूलसंग खेलेको राम्रो लाग्छ मलाई

माली बगैँचाको फूलहरूमा पानी भरि रहेको छ
झाँरपात टिपी गोडमेल गरि रहेको छ
माली चाहान्छ बगैँचामा सधैभर फूल फुलि रहोस

बगैँचा भरि फूलहरू फूलि रहेको छ
अचानक कतै-बगैँचामा फूल फूल्न छाडे भने
ति सानी नानीको हात काडासंग खेल्नु पर्छ
कतै काडा र खस्रो पातहरूसंग खेल्छिन् की ?

सानी केटी-
बाटो छेऊमा फूल बेची रहेकी छे
सायद,
तिनी पूर्वजन्मको प्रेमिका थिन् क्यारे ।
*****************************

(३)बन्दरगाह (कविता)

अनौठो आवाज आइरहेछ-

ग्यासच्याम्बरमा यहुदीहरू चिच्याई रहेजस्तो
पाेर्नहाउसमा पाेर्नस्टारहरूले खित्का छाेडेजस्ताे
चन्द्र समसेरकाे काेठीमा धाईआमाहरूकाे खासखुस जस्ताे
पागलखानामा एउटा तानाशाह कराई रहेजस्ताे

यो बन्दरगाहमा-
के व्यापार चली रहेछ ?
कसले छर्दैछ अफिमको गन्ध ?
कि काेही नयाँ काेलम्वसले
काेही सम्राटलाई उपहार थमाउन
दासहरू जहाजमा खाँदिरहेछ ?
कि काेही उत्तरआधुनिक महाकवि
भावकाे डु्ङ्गा डुबाइरहेछ ?

यो बन्दरगाहमा संवेदना शुन्य छ
यहाँ प्रत्येक हावाको झोँक्कामा विषाक्त कार्बनकाे उत्सर्जन छ
समुद्रकाे लहर छेउ लागेझैँ
प्रत्येक क्षणमा
मानवताकाे निर्मम विसर्जन छ,

प्रिय साथी,
हामी जीवनकाे बन्दरगाहमा छौँ
पानीको अणु अणु मिसिए झै
आऊ! प्रेमले एकअर्कामा सम्मिलित हाेऔँ ।
*********************************

(४)उपस्थिती-अनुपस्थिती (कवित)

म- उपस्थिती
मृत्यु- अनुपस्थिती

म’ मान्छे, चेतना-उपस्थिती
म – चेतना हो
चेतना सपना हुन्
सपना उद्धेश्य हुन्
उद्धेश्य बाटो र गन्तव्य हुन्

म बाटोमा हिडी रहेको छु
म सपनासंग पदचापमा हिडी रहेको छु
उपस्थितीमा हिडी रहेको छु

मृत्यु, निर्वाण- अनुपस्थिती
अनुपस्थिती निर्वाण हो,

मेरो निर्वाणमा
मसंग जोडिएका सपनाहरू मर्छन्
मसंग जोडिएका उद्देश्यहरू मर्छन्
मसंग जोडिएका बाटोहरू मर्छन्
मसंग जोड्एको गन्तव्यहरू मर्छन्
मसंग जोडिएको तिम्रो सपनाहरू मर्छन्

चाहान्न्- मेरो निर्वाणमा हजारै सपना मरोस्
सपनाको बाटो हुदै हुदै…तिमीसम्म आएको हुँ,

ओ प्रिय मान्छे !
भन अब तिमी-
मेरो उपस्थिती मन पर्छ,
मेरो अनुपस्थिती मन पर्छ !

म- उपस्थिती
मृत्यु- अनुपस्थिती ।
***************************

(५)विरामी वतास (कविता)

दिनहरूलाई रातले ढाक्दै ढाक्दै गएपछि
रातको साम्रज्य उकालो उकालो चढ्दो रहेछ,

समय-
प्रस्थान,
मध्य,
चरम-
एक विन्दु रहेछ,

प्रस्थान-
अन्धकारको गहिराई गहिर्न्दै जादा
फिस्स हाँस्छ,माथि…आकाश गंगामा जून
चलबलाऊन थाल्छ मौन सुतिरहेको सागर
उठ्छन् छालहरू नजानिन्दो नजानिन्दो..पारामा
संकेत दिन्छ समयले अर्धयान्हको
चरम उत्कर्षमा उठ्छन, झर्छन् छालहरू-नियती

समय,विन्दु- शुन्यता हो,
शुन्यता भ्याकुम हो
सागरमा छालहरू उठछन् जब, बग्छ बतास वर-पर,पर-वर
भरिन्दै जान्छ शुन्य भ्याकुम भित्र हावा
ठुलो ज्वारभाटा उठ्छ पुन:
किनाराकृत सम्म पुग्छ एउटा जीऊदो जीवन
उडाऊछन् पर…पर …सम्म मसिना कसिंगर ,पातपतिडं्गरहरू
र, बन्छ वतास विरामी

यहि विरामी वताससंग-
विरामी मन
विरामी मुटु
विरामी मष्तिक बोकेर
ढोलचौरको चौरास्ता सम्म उड्छ चक्रब्यु
त्यही भुमरीभित्र झ्याली पीटी रहेकाछौं अवोला कोहिहामी
बिरामी-
बिरामी-
…मष्तिकहरूसंग ,

र,,,,
बन्छ विरामी वतास
वतास विरामी भएर उड्छ

दिनहरूलाई रातले ढाक्दै ढाक्दै गएपछि
रातको साम्रज्य उकालो उकालो चढ्दो रहेछ

ओ! रात,
मलाई रातको एकान्त प्रिय लाग्छ
हरेक सुन्दर काम रातको मौनतामा हुन्छ
ठुलो ठुलो परिवर्तनका आँधी तुफान रातरात उड्छ
रातहरू ढलेर नै दिन आऊछ,

तर..
दिन हल्ला बाजको लागि हो
दिन जाल साँजीहरूको लागि हो
दिन त आँखा नदेखनेहरूको लागि हो ।
********************************

(६)पत्थर (कविता)

मान्छेले-
पत्थरमा इश्वरको आविश्कार गरेदेखि
इश्वरको मृत्यु घोषणा भएको हो
मान्छे भित्रको प्रेम-मृत्यु भएको हो,

र…
लाग्छ,हामी मृत्यु पर्खेर बाॅची रहेका छौं,

इश्वरको नास्तिक म
तिमीले पुजने मन्दिरको नजिक बाटो हिडेदेखि
दोबाटोको देऊरालीमाथि
फूल गुच्छाहरू चढाऊन थाले
विश्वासको आलिङ्गन मायाबी खेपेर
पत्थरको पुकार गर्दा गर्दै-
थाहै नपाई
खैर,
पत्थर भई सकेछु तिमी’ जस्तै ।

***************************

(७)साधारण मान्छे (कविता)

जस्तो की सामान्य मान्छेले
खानु, लाऊनु, हाँस्नु, खेल्नु आदि इत्यादि गरे जस्तै
दैनिक कामक्रिया गर्छ
त्यस्तै-
एक साधारण मान्छे हुँ !

हजुर त यो सहरकै नामुद मान्छे
हजुर त यो सहरकै असल मान्छे
तर
हजुर जस्तै भेषधारी भएको
हजुर जस्तै नामधारी भएको
कस्ले गरि रहेछ हजुरकै बदनाम?

एक साधारण मान्छे म
साधारण सोच्छु
साधारण बुझ्छु
साधारण जिज्ञासा राखि बक्से-

यो सहरको बिच भागबाट
कसले बजाई रहेको छ,बिभक्त बाँसुरी?
कसले भुटी रहेछ,बुद्धको गिद्धी जिब्रो ?
कसले खेली रहेछ,स्वयम्भुको दुई आँखाको गुच्चा?
कसले मच्याई रहेछ,गाऊको कुनामा आतडं्कको कोलाहल?
कसले छोडि रहेछ,खुल्ला मंन्चदेखि चोक र रोड सबै तिर
पुरूष वेश्याहरू ?

एक साधारण मान्छेको हुँ म
साधारण मान्छे,साधारण सोच्छु
हजुरलाई साधारण मान्छेको-एउटा साधारण सुझाब बक्सन्छु
यो सहरको मध्य भागमा
एऊटा सुधार गृह खोलि दिनुहोस्
एऊटा सुधार संस्कार केन्द्र खोलि दिनुहोस्
कतै कैडी नखेलियोस- नैतिकता, मानवताका यावतहरू..
र..
हजुर जस्तै भेषधारी भएको
हजुर जस्तै नामधारी भएको
हजुरको बदनामी गर्नेहरूबाट
म जस्तो साधारण मान्छेलाई
असाधारण हुनबाट छुट्कार मिलाई दिनुहोस्

एक साधारण मान्छे म,
साधारण बुझ्छु
साधारण सोच्छु

एउटा साधारण धातु- गुण रूप परिवर्तन भएपछि
कति भयार्नक बिष्पोटक बन्न सक्छ?
कति नरसंहार गर्न सक्छ?
कति विध्वंस गर्न सक्छ?
हो,मलाई बिष्पोटबाट बचाऊनु होस्
आफ्नै अस्तित्वमा बाँच्न चाहान्छु म ।