२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

शिर्षक: छाता (विधा: कविता)

   १५ कार्तिक १८:५९ प्रकाशित

✍️ अन्जना इछमफूल

घाम लागोस् कि पानी परोस्
छाता ओढेर हिडिरहन्छ मान्छे
जिन्दगीको लामो बाटो

पानी पनि परेन
घाम पनि लागेन भने
झोला भित्र उकुसमुकुस कोचिदिन्छ छातालाई
चौतारीको बिसौनीमै बिर्सिराख्छ
पानी पिउदा पँधेरीमै छाडिराख्छ
र एक्लै हिड्छ मान्छे
आफूलाई मात्र सम्झेर ।