२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

शीर्षक: कोदो (विधा: कविता)

   ८ कार्तिक ०७:४० प्रकाशित

✍️ राजा माबो

हजुर,नमस्कार म कोदो!
मान्छेहरुले मलाई बेकामे मान्छन्
मान्छेहरुले मलाई गलत ठान्छन्
तर म अन्जान छु,निर्दोषी हुँ भन्छु,
मान्छेहरुले मलाईनै अपजस दिन्छन्
म अभागी कोदो।

हजुर,नमस्कार म कोदो!
म रोटी बनेर उनै मान्छेहरुको पेट भरि दिन्छु
म खोले बनेर तिनै मान्छेहरुको प्राण राखि दिन्छु
त्यसैले म उनीहरुको प्रीय हुँ भन्छु,
तर उनीहरुले मलाई त्यसै-त्यसै दोसि देख्छन्।

उनै मान्छेहरुले छर्छन् मलाई,
उनै मान्छेहरुले रोप्छन् मलाई
तिनै मान्छेहरुले गोड्छन् मलाई,
तिनै मान्छेहरुले टिप्छन् मलाई,
त्यसैले म उनीहरुको नजिक छु भन्छु
तर उनीहरुले मलाईनै गलत ठान्छन्,
म अभागी कोदो।

हजुर,नमस्कार म कोदो!
मलाई कति पनि माया नराखि मान्छेहरुले
खुट्टाले माडेर,लौराले पिटेर,भाडोमा उसिनेर,
खेसुङ्ग (मर्चा)संग मेरो विवाह गरि दिन्छन्
मान्छेले जसो गर्यो उसै सहि दिन्छु
मान्छेले जे बनायो उसै भई दिन्छु
ढोल भित्रै खेसुङ्ग (मर्चा)संग मैले,
सुहागरात मनाउनु पर्छ,हनिमुन मनाउनु पर्छ
तर पनि मलाई उसै दोस दिन्छन्
म कोदो कति अभागी।

सफलताको शिखर चुम्दा मान्छे
दु:खको पहिरोले पुरिन्दा मान्छे
शारीरिक,मानसिक रुपले थाक्दा मान्छे
आनन्दित र छुट्टै दुनीयाको खोजी गर्दै
मलाई निचोरेर,मलाई चुसेर
मेरो रस पिउछन् मान्छेहरु
अनि म छोक्रामा परिणत हुन्छु
म कोदो कति अभागी छु।

मेरा जेठी,माईली,तिन-पाने साईलीहरु
उहिले-उहिले छुट्टिएर पर-पर,टाढा-टाढा बसेका
देशी,विदेशी अनेक ब्राण्डका मेरा बन्दुहरु पिएर,
मुर्खहरु विद्वान दार्शनिक बन्छन्
आफैलाई सर्बपरी देख्छन्
साराको सासक बन्न चाहान्छन्
आफुलाई सिधा र सबैलाई बांगो देख्छन्
दिनलाई रात र रातलाई दिन देख्छन्
साथी-संगी,दाजु-भाई सारासंग दुस्मनी मोल्छन्
मुखलाई मलद्वार बनाउछन्,
सुरुवालनै ट्वाइलेट ठान्छन्

मान्छेहरु बेसरम भिखारी बन्छन्,
बिचरा बाल-बच्चाहरुलाई भोको नांगो पार्छन्
घरकी निर्दोस श्रीमतीलाई समेत
लात्तीले भकुर्न बेर लाउदैनन्
फेरि म नै ठुलो हुँ भन्छन्।

होस खुलेपछि गर्नु गर्यो कोदोले बिगार्यो,बेईज्यत गर्यो
अब आजबाट सन्यासै लिए छुदिन,
थुक्क!भन्दै मलाईनै थुक्छन्
तर,आज अन्तीम पल्ट भन्दै फेरि मेरै रस पिउछन्
हजुर,नमस्कार म कोदो!
अनि फेरि मलाईनै दोस दिन्छन् मान्छेहरु
कोदो म कति-कति अभागी छु।