२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

गायक तथा संगीतकार अनिल कोयी राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “भैयोनि पुरानो” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

   ८ कार्तिक ०९:२८ प्रकाशित

✍️ राजा माबो

बिगतको सम्झनासंगै माया पिरतीको बान्किले सिंगारिएको प्रेमील “भैयोनी पुरानो” बोलको गीतको म्युजिक भिडियो तक्मेबुढा डटकम युट्युब च्यानलबाट हालै सार्वजनिक भएको छ ।

सार्वजनिक भएको छोटो समयमै स्रोता, दर्शकले अत्याधिक रुचाईएको “भैयोनी पुरानो” बोलको गीतमा गायक तथा संगीतकार अनिल कोयी राई र गायीका सुनिता थेगीमको सुमधुर आवाज सुन्न सकिन्छ । शब्द, संगीत गायक तथा संगीतकार कोयीकै रहेको छभने एरेन्ज राजु कार्कीको रहेको छ ।

स्टुडियो किङ अनामनगर काठमाण्डौमा रेकर्डिङ भएको उक्त गीतको म्युजिक भिडियोमा कबिता आले, विल्सन बिक्रम राई, एलिसा राई, विशाल योङ्हाङ्ग र हरी अधिकारीको नृत्याभिनय देख्न सकिन्छ । मनोज कार्कीको सम्पादन रहेको साथै विल्सन बिक्रम राईले उक्त भिडियो निर्देशन रहेको हुन् ।