२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

कवि प्रदिप तुखेसा जीको ३ कविता

   ४ कार्तिक ०९:२६ प्रकाशित

प्रदिप तुखेसा “रैकारबारी”
ताईफुनको सहर जापान

तिहार

सम्झना छ आमा अनि मेरा चेलीहरू लाई

युगौंदेखि राम र लक्षमणको कथा बोकेका,
कालो कार्तिक
मंसिरमा झुल्नै लागेका धानका,
ती सुन्दर बयेलीहरू
घर घर गाऊ शहर मुस्काइरहेका
ती उषा लालीहरू

ती अध्यारा गल्लीहरू
ती डरलग्दा गल्छे डाडाहरू
ती चिसा सिरेटाहरू
ती उराठिला खडेरीहरू

आमा!सम्झेर ल्याउदा बिरक्त चल्छ ।
मनै भरि तिहारका देउसी र भैलीहरू मात्र छन्।

ती झिलिमिली सहरहरू
ती अन्धकार झुपडीहरू
चार सुरै लिपेका माटोका घरहरू
रांको बोकेर डुलेका छानो खरहरू
पानी परेको कार्तिके रात
मुटु कपाउने जाडोमा
खाली खुट्टा हिड्ने पैतालाहरू
नाक ठोक्किने उकालोमा
रामे र धनेले भट्याउदा
यो घर कत्रो? “दरबार जत्रो” भन्दा
बासको लठ्ठी टेकेर भैलीनी भनेको मैले

आमा! फेरी त्यो दिन आउछ कि आउदैन मेरो?
तिहार नजिकिन्दै गर्दा मन पुग्छ रैकारमा।

कान्छी र जेठी दिदीले सप्तरंगी टिका थापी
मखमली र सयपत्रीको माला उन्दा
थुंगा थुंगामा मेरो दिर्घ जीवन उनेका थिए
घरदैलो मै ओक्खर र पांग्रा फोड़ी दिदा
दिर्घायू को लागी यमुना बिन्ती भनेका थिए
त्यो पल मेरो शिर
चेलीको पाऊ भरि राख्दा थमाएका ति हातहरू
झझल्ली सम्झेको छु ।

आमा! फेरी भेंट हुन्छ कि हुन्न ?
यमुनासरी मेरी दिदीहरू संग

जलाइदिए फुटाईदिए प्रिय सीडीहरू
असमयमै टुहुरो पारिएर मेरो रहरहरू
परिवारको गास जुटाउने चिन्तामा
पिल्सिएको बिचरा मेरो अनुहार
निधारका चाउरीहरू
टल्पलाएका आखाहरू
दुब्लाएका पाखुरीहरू
चिरिएका पैताला हरू
यी संसार र यो जीवनको दुर चाहाना।

आमा! तर फिकार छैन मलाई
अर्को सालको अपुरो आशा अझै छ मनमा।
***

म मेरै देशको सुकुम्बासी हुँ

मेरा सम्झनाका ति दिनहरू
मेरो घरको आगनै भरि
यत्र तत्र देख्दा लाग्थ्यो,
यसपाली मालीहरू घुम्नेछन्
सिकुवा बाट देखिने डिलभरि
सयपत्री र बेलीचमेली संगै
प्रत्येक ऋतूहरूले खुसियाली मनाउनेछ
तर हैन!
यो त मेरो मृगतृष्णा पो रहेछ,
ती फूलका डालीहरू
नुहिएर, ओईलिएर, सुकेर
मृत्यु शैय्यामा तड्पिरहेको पाएँ
ती बसन्तहरू रुँदैरूदैँ
लिपु र कालापानी झरिरहेको पाएँ
मैले फूललाई सम्झाएँ
हागाँलाई निक्कै फुल्याएँ
तर मेरो प्रयास असफल बन्यो
ओईलाएका फूलहरूलाई
माली बिनाको
बगैचा बेवारिसे लाग्यो भन्छ
मेरा आगनका हेमन्तहरूलाई
मेरो घर पतझड लाग्यो भन्छ
यहाँ ईमान बेचिन्दा
राता रात सिमानाका
फूल सार्न थालेको बेला
फूलहरूलाई ती वसन्तहरूलाई
बिरक्तै लाग्यो भन्छ
मसँग सवाल थिएन
नत जवाफ नै थियो
अब म के भनेर फुलाऊँ?
ममा अभिलाषा पनि रहेन
सम्झाउने शब्द नै भएन

२०६२/६३का जनयुद्धहरू
कसैको सिउदोमा
कसैको बंगलाहरूमा
कसैको फाटेको चुलोहरूमा
त कसैको झुत्रा भोटोहरूमा
मजाले हाँसी रहेको पाएँ
आखाहरू भिजेका थिएनन्
तर पनि अवसरको
अघि-पछि कुदिरहेका
ती देशद्रोही मानवहरूमा
मानवीय संवेदना थिएन
देश र राष्ट्रप्रति मोह थिएन
त्यसैले,
म आफ्नै आगनमा बिरानो बने
म आफ्नै समाजमा बिद्रोही बने
म आफ्नै जन्मभूमिमा सुकुम्बासी बने
फल स्वरुप अब,
मेरो घर मेरो रहेन – लिपुलेक मेरो भएन
कालापानी मेरो रहेन
पहाड अनि हिमाल पनि मेरो हैन रे
यो धर्ती यो देश
मैले आफ्नो ठानेथे
माटोको टिका लगाएर
मैले मेरो मानेथे
तर आज यो त
तिनै कंशहरूको अंशमा परेछ,
एकलौटी पेवा भएछ ।
म त आफ्नै घरमा सुकुम्बासी भए
म त आफ्नै देशमा सुकुम्बासी भए।
***

आमालाई मेरो पत्र
जति चाडो हुन्छ पुर्याई देऊ है हुलाकी दाई!

मेरी पुज्य आमा।
माटो र त्यो पाउबाट टाढा भएनी मैले आफ्नो सिर राखेँ।
मेरो माटो र त्यो पाउमा।
आमा!
हाम्रो आगनको डिलमा मैले र तिमिले
सधैँ सङ्गै होउन् भनेर रोपेको
त्यो लभेन्दा र लाउघेको बोट
बाबाले लाउघेलाई सारेपछि
पालुवा खेल्नै छोडेको लभेन्दा
वसन्त सङ्गै पालुवा खेल्न थाल्यो कि?
कि तिमीले जस्तै
याद गर्दागर्दै पलाउन छोडेका छ्न् आमा?
तिमीले आफ्नो जीवन सधै सहेरै पनि
त्यो गल्लीमुनेको घरबाट
मागेर रोपेको त्यो लहरे फूलको बोटमा
फूलहरु हाँस्ने बेला र
गमलामा मुस्काउनै लागेको बाबरीको बोट
जरैदेखि खाईदिदा
बदलामा मैले पिट्दा मेरो छेउ आउन डराउने
त्यो लाम्काने खसि बेचीदिँदा
लाम्काने बाख्रीले घाँस खाना छोडेकि थिई
लाम्काने बाख्रीले घाँस टिपिन् कि?
कि तिमीले जस्तै
सन्तानको पिरमा भोकै बस्ने गरेकी छे आमा?

जुन लागेको रात
घरको छानोबाट चुहिएको उज्यालोलाई
बिहान सम्झेर मध्यरातमा बास्ने भाले
अझैँ त्यसरी नै बास्छ कि?
कि तिमीलाई दुख सहने बानी परे जस्तै
भालेलाई पनि उज्यालो सहने बानी परेर
बास्नै छोड्यो आमा?
छेउ र भित्ता सिकाउदै गर्दा
हलो थिच्ने हाम्रो बाबालाई हलोले नै थिच्दा
रिसाएर लौरा मारे पछि झन् बदमासीने
काले र दार्मे बहरहरु
उस्तै बदमासी गर्दैछ्न् कि?
कि तिमीले जस्तै छेउभित्ता गरी पाखो बनेर
मेला समाएर हिन्छ्न् आमा?
गुँरासका यौबन चुसेर
आफ्ना गुँडका चाकामा
मह भर्ने त्यो माउरीहरु
मैले जस्तै घरकै लागि
कोसौं टाढा गएर कर्म गर्दै छ्न् कि?
कि जति गरेनी आफू भोको
अरुको पेटमात्र भरेको देखेर
मैले आँसु खसालेर पछुताए जस्तै पछुताएर
कर्म गर्न छोडेका छ्न् आमा?
आमा !
यहाँ पनि वसन्त ऋती आएको छ
जसरी हाम्रो घरमाथिको पाखामा आएको छ
यहाँ पनि पलाउन थालेका छ्न्
मरेका आसाहरु
मरेका पालुवाहरु
झरेका पातहरु
सुकेका हाँगाहरु
जसरी अंगेरीपाखाको छातिभरी
उभिएका बोटहरु पलाएका छ्न्
तर आमा तिम्रो मनमा जस्तै
मेरो मनको पाखाभरी
अझै पालाएका छैनन् आमा
कुनै खुसिका पालुवाहरु!

सुकेका बोटहरु
हरियोदेखिन थालेका छ्न्
तर उस्तै छ मेरो भावनाका बोटहरु
नाँगिएका डाँडाहरु पहेँलिरहेका छ्न्
तर पनि उस्तै छ आमा
मेरा मनका पाखाहरु!!
आकासहरु खुलिरहेका छ्न्
तर पनि उस्तै छ मेरो मुहारको आकास!!
पवनहरू सुगन्धित भएका छ्न्
तर पनि उस्तै छ्न् आमा
मेरो सपनाका पवनहरू!!!
जस्तो तिम्रा छ्न्
त्यस्तै आमा।
***