२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

बुद्वशान्ती गाउँपालिकालाई खुल्ला पत्र – कृष्ण ढकाल

   १८ आश्विन १५:५० प्रकाशित

✍️ कृष्ण ढकाल
बुद्धशान्ति – ७ झापा

सर्वप्रथम त समृद्ध बुद्धशान्ति निर्माणका लागि पर्यटन बिकास, विभिन्न वडामा आवश्यक भौतिक संरचना, बिजुली, सडक, अन्य पुर्वाधार विकास लगायत पछिल्लो समयमा जनस्वास्थ्यलाई मध्यनजर गरि कोरोना कहरसंग अहोरात्र खटिएर आफ्ना जिम्मेवारीहरु पूरा गर्दै स्थानीय सरकारको आभास दिलाउने बुद्धशान्तिका जनप्रतिनिधि र सरोकारवाला सम्पुर्णमा धन्यवाद दिदै ती सबै सकरात्मक कार्यहरूको मुक्तकण्ठले प्रसंशा गर्न पनि चाहन्छु ।

बुद्धशान्तिको स्थानीय बासिन्दा भएको नाताले यहाँका हरेक क्रियाकलाप र जनसमुदायसंग जोडिएर आउने प्रत्येक कुराहरुमा मेरोपनि प्रत्यक्ष सरोकार रहने नै भयो । त्यसैअनुरूप पछिल्लो केही दिन यता बुद्धशान्ति गा.पा बाट प्रकाशित केही सुचना र सवारीसाधन खरिदको कुरालाई लिएर केही संचारमाध्यम र सामाजिक संजालमा विभिन्न किसिमका टिक्का टिप्पणीहरु आइरहेका छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि जनताले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै आफ्ना ब्याक्तिगत बिचारहरु स्वतन्त्र रुपमा राख्न पाउनु सकरात्मक पनि छ ।

माथि उल्लेखित सवारी साधन खरिद गर्दा मापदण्ड र प्रकृया पुर्याएर नै गरिएको हो भन्ने कुरालाई प्रष्ट गर्दै आफुलाई अब्बल सावित गर्न बुद्धशान्तिका मेयर, उपमेयर ,कार्यपालिका सदस्य र सम्पुर्ण वडा अध्यक्षको हस्ताक्षर सहित गा.पा ले विज्ञप्ति नै जारी गर्यो । तर स्थानीय जनताहरुको कौतुहलता मापदण्ड र प्रकृया संग नजोडिएर आवश्यकता, उपयोग, खर्चिलो र समयअनुकुल हो या होइन भन्ने कुरासँग जोडिएको थियो । साच्चिकै, कोरोना कहरको यो महामारीमा एकतिर विकास निर्माणका कामहरु अलपत्र छन्, स्थानीय समुदायका दैनिकीहरु अस्तव्यस्त छन् , व्यापार व्यवसाय, संघसंस्था, मजदुर, किसान सबैलाई अतुलनीय क्षति भएको छ, देश चरम आर्थिक संकटमा गुज्रिरहेको छ । अब यो अवस्थामा यसरी महंगो सवारीसाधन खरिद गरिनुले प्रश्नचिह्न खडा गर्छ या गर्दैन त्यो सम्बन्धित सरोकारवालाहरुले आत्मासमिक्षा गर्ने कुरा हो ।

सवारी खरिद प्रकरणलाई नै जोड्दै गर्दा, अहिले जनप्रतिनिधिहरु आफू आवद्ध राजनीतिक दलसँग जोडेर फरकफरक अभिव्यक्तिहरु राख्दै आउनुभएको छ । तर जनताबाट प्रत्यक्ष निर्वाचित भएका ब्याक्तिहरु अझ भनौं जनप्रतिनिधि भैसकेपछि स्वतन्त्र, निष्पक्ष र पार्टीभन्दा माथि उठेर जनकल्याणका लागि काम गर्नुपर्ने होइन र ? ब्याक्तिवादी र पार्टीवादी सोचले समग्र बुद्धशान्तिको विकास गर्न सक्ला ? आवश्यकता औल्याउदै आफ्नो हस्ताक्षर सहित सर्वसम्मत निर्णयबाट खरिद गरिएको साधन म पनि प्रयोग नगर्ने वा आफू आबद्ध राजनीतिक दलले प्रयोग नगर्नु भनेको छ भन्ने हास्यास्पद र लज्जास्पद अभिव्यक्तिले त्यो साधन खरिदको औचित्य बेर्थ सावित भएन र ? त्यसैले, राजनीतिक दल वा ब्याक्तिसंग जेडेर आफू ओभानो बन्न खोज्नुभन्दा पनि बुद्धशान्तिका निर्वाचित जनप्रतिनिधिहरुले नै आवश्यक छलफलबाट यसको समाधान खोज्नु उपयुक्त देखिन्छ ।

अन्त्यमा, आउदा दिनहरुमा बुद्धशान्तिका हरेक कामहरु जनमुखी बन्दै जाउन । समयअनुसार सहि निर्णय गर्न नसक्दा जनमानसमा मनोबैज्ञानिक असर त पर्छ नै बुद्धशान्तिको समग्र हित र बिकासमा समेत प्रत्यक्ष असर पर्छ । पर्यटन संभावना र प्रकृतिक स्रोत साधनले उर्वर हाम्रो बुद्धशान्ति नेपालकै नमुना बन्न सकोस् नकि गलत कार्यहरुले अन्य पालिका र देशमा नकारात्मक सन्देश प्रचार भएर शिर झुकाउनु नपरोस् ।

धन्यवाद ।