२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

गायक तथा संगीतकार सन्जिव धिमालसंग फेस अफ दि विक “Face oF The Week” कार्यक्रम मार्फत कुराकानी

   ७ आश्विन १८:४६ प्रकाशित

नेपाली गीत संगीत क्षेत्रमा दुई दशक देखि राज गरिरहेका संगीतकार, मोडल तथा शिक्षण पेशामा आबद्ध एक अब्बल ब्यक्तित्वको नाम हो सन्जिव धिमाल ।
बुवा कनकबहादुर धिमाल र अामा सनमाया धिमालको कोखबाट जन्म लिनु भएको गायक तथा संगीतकार सन्जिव धिमालको स्थायी ठेगाना बेलबारी नपा. २ लालभित्ती मोरङ रहेको छ । “यति दियौ कि माया तिमीले”, “हरायौ कि कहाँ लुक्यौ जिन्दगानी”, “मायाले तिमीलाई फुलदिदा”, लगायतका चर्चित गीतहरुसंगै आफ्नै भाषिक एल्बम (धिमाल भाषा) “ल्होकाईने” समेत निकालिसक्नु भएको छ ।
आज उहीँ गायक तथा संगीतकार सन्जिव धिमालसंग फेस अफ दि विक “Face oF The Week” का कार्यक्रम प्रस्तोता सबिना श्रेष्ठले लिनु भएको कुराकानी जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ ।

१. नमस्कार हजुर?
🗣️ नमस्कार सबिना जि ।

२. आराम हुनुहुन्छ?
🗣️ हजुर आराम छु

३. लकडाउन पछिको दिनचर्या कस्तो चल्दै छ?
🗣️ पसल, बजार, यातायात त खुलेकै छ तर कोरोनाको कहर अझ बढेकोले हाम्रो अफिस बन्द नै छ । कोरोनाले जन जीवनमा निकै असरनै पारेको छ।

४. लामो समय सम्मको लकडाउनलाई कसरी व्यतित गर्नु भयो?
🗣️ साथीभाई आफन्तसंग भेटघाट कम रह्यो, अफिस नि नभएकोले घरमै बसेर गीत संगीत सृजना संगै, आफ्नो खेतीपाती भएकोले गर्दा खेतीपाती, अन्न बाली उत्पादन गर्नुमा समय बिताए ।

५. तपाईं शिक्षण पेशामा आबद्ध हुनुभएको व्यक्ती एक्कासी गायन क्षेत्रमा लाग्नुको कारण ?
🗣️ म सानै देखि गीत संगीत मन पराउने एक पारखी थिए । सानो छँदा सर्जकहरूको गीतहरू धेरै सुन्थ्ये, मन पर्थ्यो, बुवा आफै नै नाटकहरू मञ्चन गर्नु हुन्थ्यो । हामी सानो छँदा बुवा हार्मोनियम बजाएर नाटकमा गाउनु हुन्थ्यो, अभिनय गर्नु हुन्थ्यो, तसर्थ मेरो बुबा नै एक प्रेरक हुनु हुन्थ्यो ।

६. जिन्दगिको परिभाषा दिनुपर्दा कसरी दिनुहुन्छ? कसरी बुझ्नु भएको छ?
🗣️ जिन्दगी सुख दुःखको समिश्रण वास्तविक भोगाईबाट आउने नतिजा हो । जे कर्म गरिन्छ त्यस्तै फल प्राप्त गरिने प्रापक हो जिन्दगी ।

७. यति राम्रो हुनुहुन्छ सामाजिक संजाल मा सुन्न् मा आएको धेरै प्रेम प्रस्ताव आउछ्न अरे यस लाई कसरी लिनु भएको छ ?
🗣️ हाहाहा…..स्वभाविक प्रकृया हो विपरित लिङ्ग प्रति आकर्षित हुनु । तर विवाहित छु त्यस्तो प्रस्ताव आएको छैन । कलेज पढ्दा चाहि अलिअलि आउथ्यो,विवाहित भनेसी केटिहरू अलिक डराउछन । (हाँसो छोड्दै)

८. तपाई विवाहित हुनुहुन्छ, अहिलेको समय वातावरण हेर्दा-देख्दा अलि छिटो विवाह गरेछु कि भन्ने महसुस हुन्न?
🗣️ छिटो विवाह गरेको जस्तो लाग्छ अवसर र चुनौटीको एक पाटोबाट अर्को परिपक्वता मानव सृजना यौनिकताको हिसावले ठिकै गरे जस्तो नि लाग्छ ।

९. तपाईं गायनलाई कुन रुपमा लिनुहुन्छ पेशा वा रहर?
🗣️ गायन एक कला सीप अनि अभ्यास हो । पहिले रहर बन्छ त्यसपछि पेशा बनाउन बाध्य हुनु पर्दो रहेछ, भोको पेटले गाउन नसकिने रैछ हजुर ।

१०. अचेल गीतबाट फाइदा कमाउन गार्‍हो छ भन्ने सुनिन्छ तर पनि तपाईको गीतहरु बजार मा आइरहेका छन नि?
🗣️ हो सहि कुरा उठान गर्नु भो। कोरोनाको प्रभाव नहुदा पेशा बनेको थियो कलाकार गायकहरूको लागि तर अहिले समुह मा कुनै कार्यको अनुमति नभएकोले संगीत क्षेत्र धरापमा पर्यो तर पनि सर्जकहरूको सृजना भइरहेको छ अफर अाउछ अाएसी संगीत भर्ने गाउने काम चाहिँ गरिरहेछु ।

११. एउटा स्टेज प्रोगाम गर्नु भए बापत पारिश्रमिक कति लिनु हुन्छ?
🗣️ हामी मफसलमा बसेका कलाकारहरूलाई आयोजकहरूले कम नै दिने गर्नु हुन्छ । हामीले तीस हजार भनि सहमती हुन्छ तर हातमा दश हजार लगाई दिनुहुन्छ अब तपाई आफै बुझ्नुस पारश्रमिक…।

१२. तपाईं त गीतमा प्राण(संगीत) भर्नु हुन्छ, साथै भिडियोमा पनि देखिनु हुन्छ, यी मध्ये रोज्नु पर्दा बिशेष प्राथमिकता कुन लाई दिनुहुन्छ?
🗣️ पहिले मोडल बन्न मन थियो टिभी सिरियल, नाटकहरूमा नि अभिनय गरेको थिए । मेरो विद्या गायन हो, मलाई गाउन नै मन पर्छ ।

१३. तपाईंलाई गायन, मोडेल र संगीत भर्न मध्ये कुन काम गर्न सहज लाग्छ?
🗣️ काम भनेको कुनै पनि सानो ठुलो हुदैन र सजिलो नि हुदैन । ती मध्ये मलाई गाउन र अभिनय गर्न अलिक सहज लाग्छ ।

१४. यहाँसम्म आइ पुग्न संघर्ष धेरै गर्नु भएको छ, यात्राका क्रममा बिर्सनै नसक्ने कुनै पल छ कि?
🗣️ २ दशक भन्दा बढि भो संगीत क्षेत्रमा लागेको । भर्खर गाउन सुरु गर्दा आयोजकलाई स्टेजमा गाउन दिनु होस न भनेर अनुरोध गर्दा पनि स्टेजमा चढ्न नदिएको त्यस्ता पल पनि कुनै बेला थियो ।

१५. यो प्रश्न अन्तर्गत तपाइँले पाँच प्रश्नको एक शब्दमा उत्तर दिनुपर्ने छ?

क) कुलमान घिसिङ कि मुकेशराज काफ्ले?
-:कुलमान
ख) नेपालको परिवेशमा कृषि कि उद्योग?
-:कृषि
ग) राजेश हमाल कि दिपकराज गिरि?
-:राजेश हमाल
घ) रबि लामिछाने कि ऋषि धमला?
-:रबि लामिछाने
ङ) गायन क्षेत्रमा ज्योती मगर कि टीका सानू?
-:टीका सानु

१६. सबै कुरामा पोख्त हुनुहुन्छ, एक अब्बल व्यक्तित्व अझै पनि कुनै नयाँ कुरामा चासो राख्नुहुन्छ कि नाई? यो चाहिँ गर्नु पाए हुन्थ्यो भन्ने लाग्छ कि?
🗣️नयाँ कुरामा सबैलाई चासो नै हुन्छ । देशको लागि सबैले चिनिने गरी गीत संगीतको माध्यमबाट समाज रूपान्तरणमा काम गर्न, देशमा भैरहेको भ्रष्टचार बिरूद्धको काम गर्न, त्यसै गरी व्यवहारिक शैक्षिक क्षेत्रमा काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।

१७. जिन्दगीमा सोचे जति सफलता पाउनु भएको छ? आफू देखि सन्तुष्ट हुनुहुन्छ कि नाई?
🗣️मान्छेले सोचे जस्तो हुदैन रहेछ जिन्दगी । आफूदेखि सन्तुष्ट पनि छैन । तर पनि कहिलेकाहि यस्तै रहेछभन्ने लाग्छ । नेपाली हुनुमा गर्व छ । तर आफ्नो देशमा धेरै कुराको सेवा सुविधा र सिस्टमेटिक नहुदा दु:ख लाग्छ ।

१८.अन्तिममा जादा जाँदै तपाईको दर्शक श्रोताहरुलाई र झापा बुलेटिनका पाठकहरुलाई के भन्न चाहानु हुन्छ?
🗣️ यतिन्जेलसम्म झापा बुलेटिनको अन्लाईन तरंग मार्फत हामीलाई पढेर साथ दिनु भएकोमा सम्पूर्ण आदरणीय स्रोतासवृन्दहरूमा हार्दिक धन्यवाद साथै मेरा केही मनका कुराहरु स्रोतामाझ पुर्याउने अवसर दिनु भएकोमा विशेष सबिना जी र झापा बुलेटिनका होल इन्टायर टिमलाई धन्यवाद दिन चाहन्छु अन्तमा नेपाली गीत संगीतलाई माया गरिदिनुस, मलाई गीत संगीतमा अझ अघि बढ्न साथ सहयोग र सुझावको अपेक्षा सहित कोरोना भाईरस कोभिड १९ बाट सचेत सुरक्षित रहनुहोला भन्न चाहन्छु।

१९) अन्तमा केही छुटेका र भन्न मन लागेको कुराहरु छनभने राख्नु होला?
🗣️ यति खेर विश्वभरी फैलिएको महामारी कोभिड-१९ बाट हामी सबैजना अाक्रन्त भएका छौं । हामी सबै जना अार्थिक चपेटामा परेका छौं । यति बेलै नेपालीहरूको धेरै महान चार्ड नजिकिदै छ । सबैले एक अर्कालाई सहयोग गरौं, संयमित हौ । हवस् त समय दिनु भएकोमा यहाँहरुको टिमलाई पनि धेरै धेरै धन्यवाद! सुरक्षित रहनु होला ।

धन्यवाद ।