२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

जेवी चेम्जोङको दोस्रो गीत सार्वजनिक (भिडियो सहित)

   २२ भाद्र १६:४१ प्रकाशित

✍️ दिपेन लावती

झापा । गायक तथा मोडल जेवी चेम्जोङको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुवास लावुङ (राज) को शब्द संगीत रहेको ‘तिमीले साथ दिए’ वोलको गीत युटुव मार्फत सार्वजनिक भएको हो । रिफ डिजिटल रेकडिङ स्टुडियो दमकमा रेकर्ड गरिएको गीतको भ्युवर्स सोचे भन्दा राम्रो भएको गायक चेम्जोङले बताए ।

चेम्जोङको यो दोस्रो गीत हो । टंक लिम्बूको संगीत संयोजन रहेको सो म्युजिक भिडियोको छायाङ्कन र इडिट सुजन श्रेष्ठले गरेका हुन् । यस अघि ‘डाँडा घरे कान्छी’ वोलको गीत गाएर चर्चा बटुलेका जेवि आफ्नो दोस्रो गीतबाट मोडल समेत बनेका छन् । आफ्नै गीतको म्युजिक भिडियोबाट मोडलको रुपमा डेब्यु गरेका गायक चेम्जोङको अभिनय सन्तोषजनक रहेको दर्शक तथा स्रोताबाट प्रतिक्रिया पाएका छन् ।

‘तिमीले साथ दिए’ बोलको गीतको म्युजिक भिडियो झापा र इलामका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ । विक्रम फाँगोको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियोमा गायक चेम्जोङ संगै मोडल सदिक्षा तुम्वाफो र बाल कलाकार निसान तिगेलाको अभिनय छ । दुई साता अघि माङ्सेवुङ न्यूज टिभिको युटुव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो करिव एक लाख रुपैयाँ बराबरको लगानीमा तयार भएको निर्माण पक्षले जनाएको छ ।

नेपालसहित विश्व कोरोना भाइरसको चपेटामा रहेको अवस्थामा यो गीतले संकटको वेला रिफ्रेस गराउन सहयोगी बन्ने गायकको विस्वास छ । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका वडा न.७ सुनमाईमा बसोवास गर्दै आएका चेम्जोङ सांगीतिक परिवारका एक सदस्य हुन् । संगीतको औपचारिक ज्ञान नलिएपनि सानै देखि संगीतको मोहका कारण गीत गाएको उनले बताए । दोस्रो गीत सफल भए आगामी दिनमा अझ राम्रो र दर्शक तथा स्रोताको मन छुने गीत गाउने बताए ।