२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

आफूसँग विहे गर्नुपर्ने माग गर्दै प्रेमीको घर अगाडि धर्ना बसिन युवती

   ११ श्रावण ११:०५ प्रकाशित

ऐजेन्सी । एक प्रेमिका आफ्नो प्रेमिको घरबाहिर धर्नामा बसेकी छन्। प्रेमिले आफुसँग बिहे गर्नुपर्ने माग गर्दै भारतको जालन्धरको बस्तीमा रहेको डेनिसमन्डाको रसिला नगरमा उनी धर्नामा बसेकी हुन।

आफुसँग बिहे नगरेसम्म धर्ना जारी राख्ने उनले बताएकी छन्। तर युवकका परिवारले त्यसबारे जानकारी नभएको बताएको उनले बताइन।

विगत ५ वर्षदेखि आफुहरुको प्रेम सम्बन्ध रहेको बताउने ती युवतीले केटाको परिवारले आफुहरुको प्रेमलाई स्विकार नगरेको बताइन। आफुले बिहेको बारेमा कुरा गर्न खोज्दा बिहे गर्न नमान्ने गरेकाले प्रहरीमा समेत उजुरी दिएको ती युवतीले बताइन।

तर प्रहरीले समेत कुनै छानविन नथालेकाले बाध्य भएर केटाको घरबाहिर धर्नामा बसेको उनले बताइन।

आफु यसअघि समेत प्रेमिको घरमा आएको र त्यतिबेला युवकको परिवारले आफुलाई कुटपिट गरेको ती युवतीले बताएकी छन्।

स्रोत :अमर उज्याला