२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

भारतीय क्‍वारेन्टाइनमा नेपाली : कोरोना जाँच पनि भएन, भोकले मर्न लाग्यौं

   २७ बैशाख ०९:४५ प्रकाशित

२७ वैशाख । भारतमा मजदुरी गरेर फर्किंदै गरेका नेपाली मजदुरले भारतस्थित नानपारा क्‍वारेन्टाइनमा कष्टकर जीवन विताउन बाध्य भएका छन्। नेपालगन्ज नाका भएर नेपाल आउन लागेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले रुपैडियाबाट लगेर भारतको बराइच जिल्लास्थित नानपारास्थित क्‍वारेन्टाइनमा राखेपछि उनीहरुको दैनिकी कष्कर बन्दै गएको छ। त्यहाँ रहेका एक सय ३२ जना नेपाली श्रमिकले संकटपूर्ण जीवन जिउन परेको भन्दै स्वदेश फर्किने व्यवस्था मिलाइदिन नेपालका पत्रकारलाई गुहारेका छन्। आफ्नै देशको भूमिमा पाइला टेकेकै अवस्थामा भारतीय सुरक्षाकर्मीले नानपारा पुर्‍याएको गुनासो गरेका छन्। उनीहरु १ सय ३२ जना चार वटा कोठामा खाँदिएर बस्ने गरेका छन्। ‘रोगभन्दा भोग र चिन्ताले सताएको छ,’ कोहलपुर नगरपालिका १ कौशिलानगरका रणसुर खत्रीले भने।

‘रोदन सुन्दा मन थाम्न सकेनौँ’
नानपारास्थित क्‍वारेन्टाइनमा पुराना र नयाँ ६५ जना क्‍वारेन्टाइनमा रहेका नेपालीसँग नियमित सम्पर्कमा आफू रहेको अम्बिकेश्वरी मल्टी यातायात प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले बताए। उनीहरु नेपाल आउन आतुर रहेका उनले बताए। ‘छिटो नेपाल आउने वातावरण मिलाइदिनुपर्‍यो भनेर रुँदै फोन गर्छन्, उनीहरुको बेदना सुन्दा मन थाम्न सकिँदैन,’ ओलीले भने। क्‍वारेन्टाइनमा रहेका नेपालीले समयमा खान नपाएको गुनासो गर्ने गरेका मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकांगपिओका नगर सचिव मिथुन सिंहले जानकारी दिए। ‘क्‍वारेन्टाइनमा रहेका नेपालीले एक छाकका लागि तड्पिनुपर्ने अवस्था छ, नेपालीलाई एक गाँस भातका लागि पर्खिनुपर्ने अवस्था छ,’ उनले भने।