२७ कार्तिक २०७७, बिहीबार

ताजा खबर

मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-मोडल तथा गीतकार आर बी योङहाङको "चार:आनि पालाम" भाषिक गीत सार्बजनिक-शेर्मा जि को मन छुने गजल-शीर्षक: औसी हाट (विधा: कविता)-"बुद्वशान्ती गाउँपालिकामा नेपाल कै आग्लो साहसिक स्वीङ खेल संचालनमा ल्याउन निर्माण कार्य धमाधम हुदै"-चर्चित हाँस्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सामान्य बन्दै-विदेशमा हुने स्थानीय युवाहरुको सहयोगमा सहायता कोषको स्थापना गरियो, सबैबाट सहयोग गरिदिनु हुन अध्यक्षको आग्रह-राजेश पायल राई र अनिता आङ्बुहाङ्ग लिम्बुको आवाजमा रहेको "जुग जाने माया लाउन" बोलको गीत सार्बजनिक-शीर्षक: सहिदलाई एक प्रश्न? (विधा-कविता)-गजल

कोरोना जितेर घर फर्किएकी महिलाको भनाइ,टाढैबाट भए पनि छोराछोरीलाई हेर्दैछु

   २७ बैशाख १०:१७ प्रकाशित

‘तपाईको लगातार दुई पटक सम्म कोरोना रिपोर्ट नेगेटिभ आइसकेको छ । तपाईलाई आजै हामी अस्पतालबाट डिस्चार्ज गर्दैछौ ।’ सेती अस्पतालका डाक्टर शेरबहादुर कमरबाट यो आवाज सुन्नको लागि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ वर्षीया दीपा शाहीलाई ३५ दिन लाग्यो ।

तर जब उहाँले दुई पटक रिपोर्ट नेगेटिभ आएको जानकारी पाउनुभयो, उहाँमा खुसीको सीमा नै रहेन । सामान एकछिनमै प्याक गरेर अस्पतालबाट निस्किने तयारी गर्नुभयो ।

पछिल्लो तीन दिनमा दुई पटक थ्रोट स्वाबको नमुना त लगिएको थियो तर दुवै रिपोर्ट के आयो भन्ने विषयमा शाहीलाई अस्पतालले जानकारी दिएको थिएन। त्यसै कारणले उहाँ शुक्रबार दिउँसोसम्म पनि तनावमै हुनुहुन्थ्यो ।

जुन दिन लम्कीकी ६१ बर्षीय महिलाले ११ दिनमै कोरोना जितेर घर फर्किनुभएको थियो, सो दिनपछि उहाँमा तनाव बढ्दै गएको थियो ।

अस्पताल बसाइको क्रममा ६१ वर्षीया महिलाले कोरोना सहजै जित्न सक्ने तर मैले किन नसक्ने लगायतका हजारौ प्रश्न उहाँको मनमा उब्जिएका थिए । तर पनि कोरोनाई जित्न सक्छु भन्ने दृढ विश्वास भने उहाँमा थियो ।

‘सोही विश्वासले कोरोनालाई जित्न सफल भए जस्तो लाग्छ’, ३५ दिनपछि घर फर्किनुभएकी शाहीले भन्नुभयो ।

उहाँका अनुसार अस्पतालबाट डिस्चार्ज हुँदा सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले अझै एक सातासम्म घर परिवारबाट टाढा बस्न सुझाउनुभएको छ ।

घर पुगेपछि टेलिफोनमा गर्दै ३४ बर्षीय महिला शाहीले भन्नुभयो, ‘जिन्दगीमा ३५ दिनसम्म अस्पतालमा बस्नुपर्ला भन्ने कहिले सोचेको पनि थिएन । तर कोरोनाले बसायो । अहिले घर नजिकैको आफ्नै होटलमा बसेकी छु । टाढाबाट भएपनि चार बर्षको छोरा र ९ बर्षकी छोरीलाई हेर्न पाएकी छु । खुसी लागेको छ ।’

उहाँले उपचारमा संग्लन डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई धन्यवाद दिदै भन्नुभयो, ‘कोरोना पराजित गर्ने क्रममा अस्पतालका स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण छ । उहाँहरुको सहयोग जिन्दगीभरी सम्झिरहनेछु ।’उज्यालो बाट